सरकारले काट्यो एकैदिन १५ अर्बको चेक

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १५ : ५९
सरकारले काट्यो एकैदिन १५ अर्बको चेक

काठमाडौं ।संघ सरकारले एकै दिन १५ अर्ब रुपैयाँको चेक काटेको छ।

शुक्रबार सरकारले १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो। आर्थिक वर्षको अन्तिम समय आएकोले सरकारले भुक्तानीलाई  तिब्रता दिएको छ।चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैंया अर्थात् ७४ प्रतिशत खर्च भएको छ। चालू खर्च ९ खर्ब ३८ अर्ब , विकास खर्च १ खर्ब ७४ अर्ब , वित्तिय व्यवस्थापनमा ९९ अर्ब रुपैयाँ खर्च भएको हो। 

राजश्व तर्फ भने चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म १० खर्ब रुपैयाँ संकलन गरेको छयो अंक लक्ष्यको ८४ दशमलव ७४  प्रतिशत रहेको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस