माओवादी केन्द्रको ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो, काे-काे परे ? [नामावली]

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, २० : १३
माओवादी केन्द्रको ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो, काे-काे परे ? [नामावली]

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो । 

साथै बैठकले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको हाे । 

पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाकाे केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।

माओवादी विधानमा वैकल्पिक केन्द्रीय सदस्य कूल संख्याको २५ प्रतिशत बनाउने उल्लेख छ।  यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो लगाउन बाँकी छ।