जसपा अध्यक्ष यादवले सबै मन्त्री फिर्ता बोलाउदैं, नयाँ मन्त्री पठाउने निर्णय

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, ०७ : ४७
जसपा अध्यक्ष यादवले सबै मन्त्री फिर्ता बोलाउदैं, नयाँ मन्त्री पठाउने निर्णय

काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।  सोमवार अबेर राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी बैठकले सरकारमा रहेका चार वटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई  कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ

सोमबार बिहान प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस