भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

एजेन्सी

विहीबार, ०९ असार २०७९, ०८ : ५३
भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ । भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ।

कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् । राष्ट्रिय कोरोना संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस