दुई घण्टा खुलेको सेयर बजारमा नेप्से ७.५७ अंकले घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १४ : ०५
दुई घण्टा खुलेको सेयर बजारमा नेप्से ७.५७ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको सुरुआती तीनदिन घटेर चौथो कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको नेप्से  शुक्रबार भने  एकल  अंकको गिरावट भएर बन्द भएको छ ।  

जेठ १ गतेदेखि सरकारले सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार बजार बन्द हुने भए पनि शुक्रबार कारोबार सुरु भएको थियो । तर, सरकारले असार १ गतेबाट दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिए पनि आइतबार भने नेप्सेमा नियमित कारोबार हुने भएको छ । 
 
धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिएपछि आइतबारदेखि  बिहीबारसम्म पूर्ववत अवस्थामा नै सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको नेप्सेले शुक्रबार पनि आधार समय बजार सञ्चाल नगर्ने निर्णय गर्यो । नेप्सेको निर्णअनुसार अब सातामा ६ दिन कारोबार हुनेछ । सोही अनुसार आज दुई घण्टा बजार सञ्चालन भएको हो । 

दुई घण्टाको लागि बजार खुलेको पहिलो दिन आज नेप्से ७.५७ अंकले गिरावट भएर १९७१.३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सामुहिक लगानी कोष बाहेकमा सबै उपसूचकमा गिरावट भएको छ । 

यस्तै दुई घण्टा सञ्चालन भएको बजारमा आज ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किबनबेच भएको छ । जसमध्ये नेपाल दुरसञ्चार कम्पनीको  सर्वाधिक १० करोड १५ लाखको कारोबार हुँदा सेञ्चुरी कमर्सियल बैंकको ५ करोड ४८ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबारमा आउँदा ११५ कम्पनीको सेयरमूल्य घटेको छ भने ६० कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । आज कारोबार भएकोमध्ये आँधिखोला लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीवाइसी लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढेको छ ।

यता, रिभर्स फल्स हाइड्रोपावरको सेयरमूल्य सवार्धिक ५.९३ प्रतिशतले गिरावट हुँदा बुद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया दिनुहोस