काठमाडौं । गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा निदे निर्णय खारेज भएको जनाएको छ।
दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए।
उनका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा