असार १ देखि सरकारी कार्यालयको समय परिवर्तन, दुई दिन बिदा खारेज

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, ०७ : २९
असार १ देखि सरकारी कार्यालयको समय परिवर्तन, दुई दिन बिदा खारेज

काठमाडौं । गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा निदे निर्णय खारेज भएको जनाएको छ।

दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए।

उनका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म रहनेछ। 

प्रतिक्रिया दिनुहोस