विवाह गर्दै इन्दिरा जोशी

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १८ : २३
विवाह गर्दै इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस