झापामा ११ वर्षीया बालिका कलात्कृत

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १२ : १२
झापामा ११ वर्षीया बालिका कलात्कृत

झापा । झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस