काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा आज हुने खेल खेल नेपाली समय अनुसार बेलुका ९ः१५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । नेपालले पनि १० दिनअघि नै अमेरिका गएर अभ्यास खेलहरु खेलेको थियो ।
प्रतियोगिताको अंकतालिकामा ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ ४० अंकसहित शीर्षस्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेर १२ अंकसहित छैटौं स्थानमा छ । नेपाललाई शीर्ष तीन स्थानमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न जित्नै पर्ने दबाब छ ।
नेपाली टोलीः-
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, ११ : ४८
लेखकबाट थप