नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशनको सहयोगमा एनएमबीद्धारा ५,७२८ थान चुल्हो वितरण

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, २१ : २५
नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशनको सहयोगमा एनएमबीद्धारा ५,७२८ थान चुल्हो वितरण

काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशनको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत ५,७२८ थान सुधारिएको चुल्हो वितरण गरेको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूर पश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।

बैंकको लघुबित्त बिभागले एसएनभीसंग सहकार्य गरेर उक्त परियोजना सफलता पूर्वक कार्य गरिरहेको छ, भने यस परियोजनाको साथ–साथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ । यस परियोजनाले दाउराको खपत घटाएर वनको संरक्षणमा मद्धत पुग्ने, बिषेश गरि महिला दिदी बहिनीहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुँवा धुलोमा कमीको कारणले बायूु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुंवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमी हुने बिश्वास लिइएको छ ।

एनएमबी बैंकले द फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस