कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १६ : २३
कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २ हजार ४११ जनामा नमूना परीक्षण ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ ।