अमेरिकामा बच्चालाई खुवाउने धूलो दूधको अभाव, जर्मनीबाट विमानमा राखेर ल्याइयो

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १२ : ४८
अमेरिकामा बच्चालाई खुवाउने धूलो दूधको अभाव, जर्मनीबाट विमानमा राखेर ल्याइयो

अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्‍याएको छ । 

अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डियानापोलिस ल्याइएको हो । अमेरिकामा धूलो दूधको चरम अभाव भएपछि बाइडन प्रशासनले दूध जुटाउनका लागि ल्याएको कार्यक्रम अपरेसन फ्लाई फर्मुलाअन्तर्गत दूध ओसारिएको हो । दूध आइपुगेपछि पत्रकारहरूसँग कुराकानी गर्दै विल्साकले यसबाट एक हप्ताका लागि नौ हजार शिशु र १८ हजार नवजातलाई खुराक पुग्ने बताए । अर्को साता ८ आउन्स परिमाणका १५ लाख बोतल आइपुग्ने अपेक्षा छ । 

धूलो दूधको अभाव पूर्तिका लागि अल्पकालीन रूपमा आयातलाई अनुमति दिने अमेरिकी नियामक संस्था फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । कोभिड महामारीपछि शुरू भएको आपूर्ति शृंखला समस्याका साथै अमेरिकामा धूलो दूधको सबभन्दा ठूलो उत्पादक एबोट ल्याबमा ब्याक्टेरिया संक्रमण भएपछि दूधको अभाव भएको हो । 

प्रतिक्रिया दिनुहोस