हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणपछि हेटौंडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।शपथ ग्रहणपछि मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौंडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १२ : १३
लेखकबाट थप