काठमाडौं ।यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा चार भन्दाबढी प्रतिशतले मत बदर भएको पाइएको छ।
आयोगले मतदाताको शिक्षाको व्यस्था नगर्नु र राजनीति दलहरुले पनि मतदातालाई चासो नदिएको कारण ठूलो संख्यामा मत बदर भएको हो।जिल्लाका सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको मतमा बदर मत प्रतिशत २० दशमलव ८९ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिए।
अघिल्लो स्थानीय तहको निर्वाचनमा १६ प्रतिशत मात्र मत बदर भएको थियो।कुल बदर मत प्रतिशतमा १५ दशमलव ४६ प्रतिशत पद अनुसारको बदर मत सङ्ख्या रहेको र पाँच दशमलव ४३ प्रतिशत सबै पदको बदर मत रहेका छन्।
जिल्ला जिर्वाचन कार्यालयले समग्र रुपमा निकालेको बदर मत विवरण अनुसार सात वटै गाउँपालिकाको सात वटै पदमा कुल खसेको मत संख्या एक लाख ४९ हजार २८३ मा २६ हजार ९५२ मत बदर रहेको पाईएको छ।
कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार यो बदर मत प्रतिशत औसतमा रहेको भएपनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेका छन्।पद अनुसार बदर मतपनि अध्यक्ष उपाध्यक्षमा कम भएपनि वडा अध्यक्ष र सदस्यहरुमा बढी बदर रहेको पाईएको छ। कुनै–कुनै मतदान केन्द्रका मतपत्रहरु सतप्रतिशत सदर रहेका पनि छन्।
मुख्य निर्वाचन अधिकृत पौडेलले यसरी २०७४ सालको निर्वाचनमा भन्दा यस पटक बदर मत संख्या बढी हुनुमा आयोगले मतदाता शिक्षा कार्यक्रम नल्याउनु र उम्मेदवारी दिएका राजनीति दलहबाट पनि मतदाता शिक्षामा ध्यान जान नसक्नु रहेको बताए।
यसबाट आगामी निर्वाचनमा निर्वाचन आयोगले प्रभावकारी रुपमा मतादाता शिक्षा दिनुपर्ने तथा त्यसै खालका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १२ : ०९
लेखकबाट थप