हालसम्म ३२० पालिकामा कांग्रेसको जित

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १२ : ०६
हालसम्म ३२० पालिकामा कांग्रेसको जित

काठमाडौं ।नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ।

देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन्।निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो।

आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ।मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।

 

प्रतिक्रिया दिनुहोस