सर्लाही ।सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः जेठ ३ गते मतदान सम्पन्न भएसँगै गणना सुरु भइसकेको छ ।
३ गते बेलुकीबाट वडा नम्बर १ र ४ गते बिहान देखि वडा नम्बर १८ को गणना भइरहेको छ । सर्लाही जिल्लामा अन्य पालिकामा लगभग नतिजा आइसक्दा बरहथवाको भने गणना बल्ल सुरु भएको हो । ‘१ वडाको गणना भइरहेको छ । यही प्रक्रियामा अन्य वडाको पनि गणना गर्नेछौँ’ बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जनाए ।
यस्तै, वडा नम्बर १८ मा ९ सय ५५ मत गणना हुँदा नेकपा एमालेका अरविन्द कुमार यादवले २ सय ९१ मत , नेपाली कांग्रेसका नरेश रायले २ सय ५४ मत, नेकपा माओवादी केन्द्रका त्रिवेणी रायले २ सय ५४ र जसपाका राकेश कुमार यादवले १ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै यो वडामा नगरप्रमुख पदमा नेकपा एमालेकी कल्पना कटवाललाई २ सय ९९ , नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई २ सय ३९, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई २ सय ५५, जसपाका जय प्रकाश रायलाई २ सय ४३ प्राप्त भएको छ ।
यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई २ सय ९४, नेपाली कांग्रेसकी गंगा दाहाललाई २ सय ३७ मत, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई २ सय ४४, जसपाका मिरा सिंह कोइरीलाई १ सय ५२ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १४ : ४२
लेखकबाट थप