जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १३ : ५५
जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जर्मनी  र फ्रान्सका नेताहरुसँग टेलिफोन वार्ता गरेका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंसँग फोनवार्ता गरेका हुन् ।

छलफलका क्रममा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले सो अवसरमा रुसमाथि थप प्रतिबन्धहरु लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए ।जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलेन्स्किीलाई रुसमाथिको थप प्रतिबन्धबारे आफूहरुले सोचिरहेको र रुसविरुद्ध प्रतिबन्धहरु थपिने आश्वासन दिएको जनाइएको छ ।

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आश्वासन दिएका थिए । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्द्वमा फसेको छ ।त्यहाँका नागरिकलाई थप मानवीय सहायताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उनीहरूबीच कुराकानी भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस