पुनर्वास नगरपालिकामा माओवादीको जित

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १३ : ४९
पुनर्वास नगरपालिकामा माओवादीको जित

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ। ३० वैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ। ३ जेठमा उक्त वडामा पुनः मतदान भएको थियो। पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन्। रानाले कांग्रेसका धीरेन्द्रप्रसाद भट्टलाई ६७ मतान्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका छन्। 

रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए भने राप्रपाका रतनबहादुर मल्लले २७७ र एमालेका रामबहादुर थापाले ७१ र मत ल्याएका छन्। उक्त वडामा फर्जी मत हालेको भन्दै एमाले, कांग्रेसका नेताहरूले बखेडा झिकेर पुनः मतदानको माग अघि सारेका थिए।

प्रतिक्रिया दिनुहोस