हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ महादेव मावि मतदान केन्द्रमा मतदान जारी छ।बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। मतदान साँझ ५ बजेसम्म चल्ने छ।
उक्त मतदान केन्द्रमा ९०३ जना मतदाता छन्। वैशाख ३० गतेको निर्वाचनमा आधाभन्दा बढी मतदातालाई सहभागिता नगराइएको भन्दै उजूरी परेपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराएको हो।
अहिले कडा सुरक्षाकाबीच मतदान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १३ : ३८
लेखकबाट थप