काठमाडाैँ अपडेट : बालेनकाे अग्रता कायमै, पाए १६ हजार ५ सय ७९ मत

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १२ : २१
काठमाडाैँ अपडेट : बालेनकाे अग्रता कायमै, पाए १६ हजार ५ सय ७९ मत

काठमाडौं ।काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले अग्रता कायमै राखेका छन्।बालेनले ‍१६ हजार ५ सय ७९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ५ सय ७३ मत ल्याएका छन्।

दुवैबीच ८ हजार ६ मतान्तर रहेकाे छ।यस्तै, सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ७ सय ८ मत ल्याएकी छन्। उनी र स्थापितबीच ८६५ मत अन्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस