खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ११ : १३
खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काभ्रेपलाञ्चोक  । जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार बुद्धिबहादुर स्याङ्तान प्यानलसहित विजयी भएका छन् ।

उनले ५ सय ३३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेनाले ४ सय २४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार तिलकबहादुर स्याङतानले ५ मत मात्र प्राप्त गरे ।वडा सदस्यहरूमा पनि माओवादी केन्द्रबाटै विजयी भएका छन् । खुल्ला सदस्यतर्फ पदमराज बलले ५ सय २ र पदम बहादुर स्याङतानले ४ सय ९७ मत ल्याएर जिते । महिला सदस्यतर्फ विन्दा आचार्य ५ सय ११ र दलित महिला सदस्यतर्फ पार्वती विक ५ सय ९ मत ल्याउँदै विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस