स्थानीय तह निर्वाचन

भरतपुर महानगर अपडेट : रेनु दाहाललाई ५४ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १६ : ४९
भरतपुर महानगर अपडेट : रेनु दाहाललाई ५४ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा एमालेका उम्मेदवार विजय सुवेदी ५४  मतले अग्रता लिएका छन् । 

सुवेदीलाई गठबन्धनका उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । महानगरमा १४ हजार ३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ७५७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले चार हजार ७०३ मत ल्याएकी छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पाँच हजार ५९५ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले तीन हजार ७८९ मत ल्याएकी छन् । वडा अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ११९ मत, एमालेको ७५२  र राप्रपाको ४३० मत आएको छ ।

प्रतिक्रिया दिनुहोस