चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ०६
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई

चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त अरब इमिरेट्सका नवनियुक्त राष्ट्रपति शेख मोहम्मद बिन जाइद अल नयानलाई बधाई ज्ञापन गरेका छन्।

शेख मोहम्मद संयुक्त अरब इमिरेट्सकाे नयाँ राष्ट्रपति चयन भएकाेमा उनले बधाई दिएका हुन्। नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताएका छन्।

शेख मोहम्मद शुक्रबार मात्र संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्रपतिमा नियुक्त भएका थिए। उनीसँग मिलेर काम गर्न चीन सदैव तत्पर रहेको भन्दै राष्ट्रपति सिले आगामी दिनमा चीन र संयुक्त अरब इमिरेट्सकाे सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस