स्थानीय तह निर्वाचन

थाहा नगर -४ मा पनि माओवादीकाे प्यानल नै विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १७ : ३३
थाहा नगर -४ मा पनि माओवादीकाे प्यानल नै विजयी

काठमाडौँ । थाहा नगरपालिकाको वडा नं. ४ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

प्राप्त अन्तिम मत पणिामअनुसार वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण लामा ७५३ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका रामराजा केसीले ५१२ मत ल्याए भने नेपाली काँग्रेसका श्रीकृष्ण केसीले २३३ मत प्राप्त गरे । 

साथै खुल्ला वडा सदस्यहरुमा माओवादीका अक्षकुमार तामाङ र सुन्दरराज केसी गोतामे निर्वाचित भएका छन् भने महिला सदस्यमा चन्द्रमाया थिङ र दलित महिला सदस्यमा विश्वकर्मा विजयी भएका छन् । 

थाहा नगरको वडा नं. १, २ र ३ मा यसअघि नै माओवादी केन्द्रले जित हासिल गरिसकेको छ । नगरपालिकाको प्रमुख पदमासमेत माओवादी केन्द्रका बिष्णु बिष्टले अग्रता कायम राखेका छन् । जहाँ  प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले पछ्याइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस