सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।आइतबार सम्पन्न मतगणनामा वडा नम्बर ५ मा श्यामबहादुर तामाङको प्यानलनै विजयी भएको हो। वडा अध्यक्षमा श्यामले ४८७ मत ल्याए। यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर तामाङले ३३० ल्याए।
नेकपा माओवादी केन्द्रका बृद्धिबहादुर तामाङले भने १७६ मत ल्याए। यता, खुला सदस्यमा कांग्रेसका ताराकृष्ण बस्नेत र उद्धव तामाङ विजयी भए। बस्नेतले ४८० र तामाङले ४५९ मत ल्याए। महिला सदस्यमा पनि कांग्रेसकी रेनुका मगर विजयी भइन्। उनले ४२१ मत प्राप्त गरिन्। यता, दलित महिला सदस्यमा ४१७ मतको साथ कांग्रेसकी मन्जु विक विजयी भइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १७ : ३२
लेखकबाट थप