मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १७ : १५
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता

काठमाडौं । मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी लामाले अहिलेसम्म २ हजार ४ सय १७ मत ल्याएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमिला वाग्लेको १ हजार ९ सय ७७ मत आएको छ। वाग्लेभन्दा लामा ४ सय ४० मतले अगाडि छिन्।

लामो समयदेखि मेडिकल काउन्सिलमा कार्यरत लामाले काउन्सिलबाट ९ गते राजीनामा दिएकी थिइन्।नगरपालिकाको प्रमुखमा एमालेका मिठाराम अधिकारीको अग्रता रहेको छ। अधिकारीले २ हजार ५८ मत ल्याएका छन्। यस्तै कांग्रेसका उम्मेदवार विनोद चालिसेले १ हजार ७ सय ४० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस