दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजित धामी निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराउँदै दलजित अध्यक्षमा निर्वाचित भएका हुन् ।
दलजितले ३ हजार ७८३ मत पाउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ मत पाएका छन् ।उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १६ : ५४
लेखकबाट थप