स्थानीय तह निर्वाचन

स्थापितभन्दा बालेन्द्र झण्डै दोब्बर मतले अघि, सिर्जनाले पनि घटाइन् मतान्तर

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १५ : ५५
स्थापितभन्दा बालेन्द्र झण्डै दोब्बर मतले अघि, सिर्जनाले पनि घटाइन् मतान्तर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ३ हजार ११० मत ल्याएका छन्।

उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितको भन्दा झन्डै दोब्बर हो ।  स्थापितले १६ सय ४५ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी  नेपाली कांग्रेसकी सिर्जना सिंहले मतसंख्या ह्वात्तै बढाएकी छन्। उनी स्थापितसँग ४३ मत अन्तरले पछि परेकी छन्।  सिंहले १६ सय २ मत ल्याएकी छन् ।  

हाल कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस