२४ घण्टादेखि चिचिलाको मतगणना स्थगित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १५ : ५१
२४ घण्टादेखि चिचिलाको मतगणना स्थगित

काठमाडाैँ ।चिचिला गाउँपालिका २४ घण्टादेखि मतगणना स्थगित छ। कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तालाई हातपात गरेपछि उग्र रुप लिएको थियो। एमाले र माओवादीले संयुक्त विज्ञप्ति निकालेर कारबाहीको माग गर्दै मतगणना स्थलबाट बाहिरिएका छन्।

दलहरूबीचको विवादले शनिबार दिउँसो १ बजेबाट मतगणना स्थगित भएको चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले जानकारी दिए। निर्वाचन अधिकृत  शर्माका अनुसार आइतबार ३  बजेसम्म पनि सहमति जुटेको छैन। सहमतिका लागि छलफल भइरहेको भएपनि अहिलेसम्म सहमति नजुटेको शर्माले बताए।

चिचिलामा वडा नम्बर १ र २ को मतगणना सकिएको छ। यी दुईवटै वडा नेपाली कांग्रेसले जितेको छ। ​चिचिला गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता छ। चिचिला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पासाङ नुर्वु शेर्पा ५०९ मत ल्याएर अग्रता लिएका छन्।

नेकपा माओवादीका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमाले रामबहादुर गुरुङले २७५ मत ल्याएका छन्। उपाध्यक्षमा काँग्रेसकी मनकला राई ४९८ मत ल्याएकी छन्। नेकपा माओवादीकी तीर्थमाया राई ४३४ मत र नेकपा एमाले विष्णुकुमारी राई २७३ ल्याएकी छन्।

 

प्रतिक्रिया दिनुहोस