उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए ।यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उनले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।
यसअघि ०७४ सालमा लिम्चुङबुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी रमिला राई निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १५ : २८
लेखकबाट थप