ललितपुर महानगरको मतगणना धिमे गतिमा

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १५ : ०२
ललितपुर महानगरको मतगणना धिमे गतिमा

ललितपुर ।ललितपुर महानगरपालिकाको मतगणना सुस्त गतिमा भएको छ। मतगणना शनिबारबाट नै सुरु भए पनि आइतबार ११ बजेसम्ममा १७ सय २६ मात्रै मतगणना भएको छ। यो वडा १ को मात्रै मतगणना सकिएको हो। महानगरपालिकाभित्र २९ वडा छन्। कुल एक लाख २२ हजार ८ सय मतदाता थिए।

जसमध्ये ७२ प्रतिशत मत खसेको अनुमान मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। १७ सय २६ मत गणना गर्दा महानगरपालिकाका मेयर उम्मेदवार  नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन् भने मेयर उम्मेदवार नेकपा एमालेबाट हरिकृष्ण व्‍यन्जनकारले ४ सय २ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले अहिले वडा २ र ३ को मतगणना गरिरहेको र थप वडा-४ को मतगणना गर्न ठाउँको व्यवस्था गरिरहेको जनाएको छ। मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस