खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १४ : ५७
खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

काठमाडौं  । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए ।

‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको १६औँ धर्मश्रीअन्तर्गत प्रथम पुरुष तथा महिला फिजिक्समा भएको निर्णय प्रति असन्तुष्ट भई केही व्यक्तिहरुमार्फत विभिन्न सञ्चार माध्यममा गरिएको समाचारप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण भएको छ ’,  विज्ञप्तिमा भनिएको छ । 

यसअघि प्रतियोगिता समापनको भोलिपल्ट सहभागी खेलाडीले पत्रकार सम्मेलन गर्दै आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको  र खेलाडीप्रति  अपहेलित व्यवहार गरेको आरोप लगाएका थिए । 

पत्रकार सम्मेलनमा सागर बिक, गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राईलगायतको सहभागिता थियो । प्रतियोगितामा झापाका उमेश राईले १६औँ धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेसका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरेका हुन् । यस्तै, धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए । 

प्रतिक्रिया दिनुहोस