काठमाडौ ।म्याग्दीका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले पूर्वाधार निर्माणलाई प्राथमिकता राखेका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, विद्युतीकरण र भवन निर्माणसम्बन्धी योजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । जिल्लाका छ स्थानीय तह र ४५ वडामा निर्वाचित हुने २३५ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेदवारले पालिकाको केन्द्रदेखि वडाको कार्यालय रहेको बस्ती जोड्ने सडक कालोपत्र गर्ने र बाह्रै महिना यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा पनि उनीहरूले सडककै मुद्दालाई प्राथमिकता दिएका थिए ।
विकासका अन्य क्रियाकलापका लागि आवश्यक पर्ने भएकाले सडकलाई प्राथमिकता दिएको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०को तर्फबाट उम्मेदवार बनेकी थमसरा पुनले बताउनुभयो । उहाँ यसअघिको चुनावमा पनि पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले अनुभव, कानुन र कर्मचारी अभावका बाबजुद पहिलो कार्यकालमा छवटा वडालाई सडकले जोड्न र पूरै पालिकाभर विद्युत् विस्तार गर्नेलगायत धेरै काम गर्न सफल भएको बताए ।बाढीपहिरा र कोरोना महामारीका कारण पहिलो कार्यकालमा भनेजति काम गर्न सकेनौँ । सुरु गरेका कामलाई पूर्णता दिन, घोषणापत्रअनुसार नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न र महिला आन्दोलनलाई अघि बढाउन मेरो उम्मेदवारी हो ।”
गठबन्धनका तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पुनले भौगोलिकरूपमा विकट रहेको धवलागिरिको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने, रोजगारी सिर्जना गराउने, विकास निर्माणलाई पारदर्शी र जनसहभागितामूलक बनाउँदै सुशासन कायम गर्ने मुद्दामा जोड दिने बताए । “विकट भए पनि जलविद्युत्, पर्यटन, जडीबुटी, पशुपालन र कृषि क्षेत्रमा यस पालिकाको सम्भावना छ”, उहाँले भन्नुभयो, “युवा परिचालन गरेर यहाँको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने मेरो लक्ष्य छ ।”
एमालेका उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले सामाजिक रुपान्तरण, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, पर्यटन प्रवद्र्धन, जडीबुटी, खनिजलगायतका सम्भावनाको अध्ययन गरी रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताए। गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका रेशम पुनले युवा जागरण र परिचालनमार्फत सामाजिक रुपान्तरण, दिगो विकास, सेवा प्रवाहमा विभेदको अन्त्य, रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताए । युवालाई चाहना र क्षमताअनुसार सीप, पूँजी र प्रविधिमा सघाएर स्वरोजगार बनाउने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ बैशाख २०७९, १० : ४८
लेखकबाट थप