म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए । किसानको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ बैशाख २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते