काठमाडौँका प्रमुखको प्रत्यासी थापाका चार प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १५ : ४०
काठमाडौँका प्रमुखको प्रत्यासी थापाका चार प्रतिबद्धता

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुखमा प्रत्यासी सुशील थापाले प्रतिबद्धता सार्वजनिक गरेका छन्।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थापाले मंगलबार आफूले महानगरमा जितेमा चारवटा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।उनले सेवा र सुरक्षा, वातारण, व्यापार व्यवसाय र संस्कृति एवं सम्पदालाई आफ्नो कार्ययोजनाका रुपमा अघि सारेका छन्। जनताले विश्वास गरेमा आफूले बिराम महानगरलाई निको पार्ने उल्लेख गरे।

आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै थापाले भने, ‘हामी नागरिक कार्यकर्ता होइनौँ, इमानदार नागरिक हौँ। पाँच वर्षमा बिरामी महानगरलाई निको पार्छौ। राम्रो महानगर बनाएर फिर्ता दिन्छौँ।’

प्रतिक्रिया दिनुहोस