पूर्वसचिव न्यौपाने राप्रपामा प्रवेश

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १५ : २५
पूर्वसचिव न्यौपाने राप्रपामा प्रवेश

काठमाडौं ।नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहि हालै सेवा निवृत्त भएका थिए ।

गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव भएका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् । सो अवसरमा राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, दिपक बोहरा लगायतका नेताले न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस