काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन ह्वात्तै घटेको छ । बैशाख महिनामा ९ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँ घटेको छ । चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । बैशाख ९ गतेसम्ममा २२ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्रै संकलन गरेका हुन् ।
त्यस्तै, एक साताको अवधिमा बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ । अघिल्लो साता अर्थात् बैशाख २ गते बैंकहरुले ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । एक सातामा १० अर्ब घटेर बैशाख ९ गतेसम्म ४३ खर्ब ६७ अर्बमा सिमित भएका हुन् यता ९ दिनको अवधिमा बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँ घटेको छ भने एक साताको अवधिमा १ अर्ब रुपैयाँ घटेको हो । चैत्र मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने बैशाख २ गतेसम्म ४३ खर्ब ९५ अर्ब रुपैयाँ गरेका थिए । नेपाल बैंकर्स संघका अनुसार बैशाख ९ गतेसम्ममा बैंकहरुले ४३ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, १४ : २९
लेखकबाट थप