चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १३ : ५९
चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत

चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो । 
स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएो । इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । 
त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस