आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, ११ : ३८
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ ।नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ एक पैसा कायम गरेको छ।

युरोपियन युरो एकको खरिद दर १३१ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ एक पैसा छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७५ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ तीन पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४२ पैसा छ।जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा छ। चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा छ। कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ५१ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ एक पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७९ पैसा र बिक्री दर नौ रुपैयाँ ८३ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस