प्रदेश निर्वाचनमा 'गुन्डा' प्रभाव

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०७४, ०७ : ४४
प्रदेश निर्वाचनमा 'गुन्डा' प्रभाव

काठमाडौं । काठमाडौं प्रहरीसंग २०६० यताको आपराधिक गतिविधिको सुचीमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धाम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए । अपहरण, हत्या प्रयासलगातका दर्जनौं रेकर्डसंगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सुचीको ए श्रेणीमा नाम छ दुवैको ।

दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन् । मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ ख को बाट उम्मेदवार बनेका छन् ।

लामाले दोस्रो चरणको चिर्वाचनका लागि बिहीबार काभ्रे २ ख मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे ।
लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् ।, यो खबर आजकोनागरिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस