सुन तोलामा ३ सय रुपैयाँले घट्यो

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ११ : ३०
सुन तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस