प्रि–ओपन सेसनः नेप्सेमा सामान्य वृद्धि

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ११ : २३
प्रि–ओपन सेसनः नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से सूचक २.७७ अंकले बढेको छ । यससँगै सूचक २४२३.७४ विन्दुमा आइपुगेको छ ।

हालसम्म २४ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ६ हजार ३२३ कित्ता सेयर कारोबार भएको छ ।कुल १०५ वटा कारोबार भएको छ । यस सेसनमा २९ कम्पनीको सेयर भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस