काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेका छन ।
आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले पनि सचिवालय बैठक बोलाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाईएको छ भने एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।
मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति