कामना सेवा विकास बैंकद्वारा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ४९
कामना सेवा विकास बैंकद्वारा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ

काठमाडौँ । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।बैंकले सेवा विस्तार गर्ने क्रममा लमजुङको मध्यनेपाल नपा– २ सोती पसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
मध्यनेपाल नपा–२ सोती पसलस्थित पौडेल इलेक्ट्रिक पसल प्रो. लक्ष्मण पौडेल) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. ०२ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ सेवा उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराम पुरी र मंगला माविका प्रधानाध्यापक विष्णु हरि बास्तोलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय सहभागी थिए।यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस