काठमाडौँ । नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक शुरुवात गरेको छ । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो ।
डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराएका हुन । यस्तै सगरमाथा टोस्टमास्टर्स क्लबका नवनिर्वाचित क्लब अध्यक्ष अनिल केशरी शाहले यस क्लबमार्फत नेपालैभरि यस्तै नेपाली भाषी टोस्ट्मास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्ने विषयमा जोड दिएका थिए ।क्लबको भाईस प्रेजिडेन्टमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ । त्यस्तै कोषाध्यक्षमा सुभाष सापकोटा र सर्जेन्ट एट आर्म्समा सरिता ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ ।
डिस्ट्रिक्टका नेपाल लिडरहरुले टोस्टमास्टर कार्यक्रमका सम्पूर्ण पक्ष र फाइदाहरूको बारेमा प्रकाश पार्दै नयाँ सदस्यहरूको लागि ओरिएन्टेसन सेसन सञ्चालन गरेका हुन । कार्यक्रममा एरिया एन २ का एरिया डिरेक्टर रबिन्द्र प्रधान, डिभिजन ए का डिभिजन डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सौरभ लोहनी, डिस्ट्रिक्ट पब्लिक रिलेसन म्यानेजर डिस्टिङगुइष्ड टोस्टमास्टर मुन प्रधान र डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सुमन शाक्यको उपस्थिति रहेको थियो ।
उक्त क्लबले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर प्रदान गर्दै सहभागि सदस्यहरुको सञ्चार र नेतृत्व क्षमता पनि विकास हुने विश्वास गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १६ : १६
लेखकबाट थप