धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा सत्ता गठबन्धनका दलबीच नै मित्रतापूर्ण प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । टिकटको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भएकाले गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको उनले बताए ।
धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी समेत गरे ।
उनले भने, ‘कहिँकतै (पालिकामा) गठबन्धन भित्र त्यस्तो समस्या देखियो भने गठबन्धन दलहरुबीच पनि स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ हामीले बाँकी राखेका छौँ ।’ यद्यपि, ६ महानगरपालिका र ११ उप–महागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।
‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ’, उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर अन्य स्थानीय तहमा पनि तालमेल र गठबन्धन हुन्छ भन्ने विश्वास छ ।’ उनले तालमेलका सवालमा अहिले कहिँ असन्तुष्टि भए पनि मनोनयन दर्तासम्म सबै एकजुट भएर अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’