लोसपाबाट जनकपुरको मेयरमा सिफारिस जानकीराम साह प्रवेश गरे एमाले, मेयरको उम्मेदवार बनाउने ओलीको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १२ : ०६
लोसपाबाट जनकपुरको मेयरमा सिफारिस जानकीराम साह प्रवेश गरे एमाले, मेयरको उम्मेदवार बनाउने ओलीको प्रतिबद्धता

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएका जानकी राम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

हाल वडा  ७ को अध्यक्षसमेत रहेका साहलाई एमालेका अध्यक्ष केपी शर्माले काठमाडौंमै एक कार्यक्रम गरि पार्टी प्रवेश गराएका हुन् । मेयर पदका प्रत्यासित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।  यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेको थियो। तर उनलाई पछि हटाएर साहलाई मेयरको टिकट दिने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस