काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा चुनावी तालमेलबारे छलफल गर्न पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसेको छ ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो । बैठक महानगर र उपमहानगरमा चुनावी तालमेलमा केन्द्रित रहेको एक नेताले बताए ।
सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो । सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’