मधेसमा ५ दलीय गठबन्धनबाट टाढिँदै जनता समाजवादी

'भट्टराई र यादवसँग दाहालको भेट'

पत्रपत्रिकाबाट

सोमबार, ०५ बैशाख २०७९, ०७ : ५४
मधेसमा ५ दलीय गठबन्धनबाट टाढिँदै जनता समाजवादी

काठमाडौं । स्थानीय तहको तहको निर्वाचनमा जनता समाजवादी पार्टी मधेस तथा लुम्बिनी प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनबाट टाढिँदै गएको छ। कैलालीमा जसपाले छुट्टै गठबन्धन गरेको छ भने नेपालगञ्जमा गठबन्धन नमान्ने निर्णय गरेको छ।

जसपाका कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य मृगेन्द्रसिंह यादवले पछिल्लो निर्वाचनमा एमालेले जितेको तथा यसपटक एमालेसँग सोझो प्रतिस्पर्धा हुने स्थानीय तहमा ५ दलीय गठबन्धन गर्ने, तर पछिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनभित्रका कुनै दलले जितेका स्थानीय तहमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने पार्टीको नीति रहेको बताए।

उनका अनुसार जसपाले वीरगञ्ज महानगरपालिका कुनै पनि अवस्थामा नछाड्ने पार्टीको नीति छ। ‘वीरगन्ज हामी छाडदैनौँ। बरु त्यसको सट्टा विराटनगर छाड्न तयार छौँ,’ उनले भने।

वीरगन्जमा पनि जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिने सम्भावना रहेको जसपाका अर्का एक नेताले बताए। तर यादवले भने ५ दलीय गठबन्धनबाट जसपा नभागेको दाबी गरे। उनले भने, ‘स्थानीय तहमा कुनै ठाउमा छुट्टै गठबन्धन भएको छ। तर ५ दलीय गठबन्धनबाट हामी भागेका छैनौँ।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस