बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, १८ : १६
बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गरेका थिए । सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

“नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ”, उनले भने । सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणलेसमेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए ।

सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताए । उनले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राखे । सेफ साहले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस